नेपालमा पर्यटकिय क्षेत्रहरुको पहिचान पूर्वाधार विकास, संरक्षण तथा प्रवद्र्यन गरी देशमा रोजगारीको सृजना, विदेशी मुद्रा आर्जन, कला र संस्कृतिको आदान प्रदान गर्ने उद्येश्य सहित वि.स. २०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भएको थियो । समय क्रमसंगै यस मन्त्रालयको कार्य क्षेत्रमा कहिले विस्तार त कहिले कटौती भए अनुसार मन्त्रालयको नाम पनि फेरिदै आएको देखिन्छ । वि.स. २०६९ साल देखि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भई आएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो कार्यहरुलाई चुस्त दुरुस्त र व्यवस्थित ढंगले अगाडि बढाउदै लगी सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्येश्य राखी जिल्ला स्थित पर्यटन कार्यालयहरुको स्थापना गरेको छ । हाल काकडभिट्टा , जनकपु्र,सोलुखुम्वु, विरगंज, पोखरा भैरहवा र नेपालगंज गरी ७ वटा कार्यालयहरु रहेका छन् । गण्डकी र धवलागिरी अंचलका १० जिल्लाहरु कार्य क्षेत्र तोकी वि.स. २०३३ सालमा पर्यटन सूचना केन्द्रको रुपमा स्थापना भई वि.स. २०४२ सालमा पर्यटन कार्यालय पोखरा भनी नामाकरण गरिएको पाइन्छ।
पर्यटन कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र भित्रका जिल्लाहरुमा पर्यटन पूर्वाधार विकास तथा पर्यटक स्तरिय होटल, ट्राभल, ट्रेकिङ एजेन्सी, होमस्टे आदिको दर्ता , इजाजत पत्र प्रदान ,नविकरण, अनुगमन आदि कार्यहरु गर्दे आइरहेको छ ।